१. माथिल्लो मुस्ताङ्ग क्षेत्र र माथिल्लो डोल्पा क्षेत्रमा पदयात्रा गर्दा लाग्ने दस्तुरः पहिलो १० दिनका लागि ब्यक्ति प्रति दिन ५० अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
२. मनास्लु क्षेत्रमा पदयात्रा गर्दा लाग्ने दस्तुर :-
(क) सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रति हप्ता प्रति ब्यक्ति ७० अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा र त्यस पछि प्रति दिन प्रति ब्यक्ति १० अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
(ख) डिसेम्बरदेखि अगस्तसम्म प्रति हप्ता प्रति ब्यक्ति ५० अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा र त्यस पछि प्रति दिन प्रति ब्यक्ति ७ अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
३. हुम्ला (सिमिकोट–यारी क्षेत्रमा) पदयात्रा गर्दा लाग्ने दस्तुर ः प्रति हप्ता प्रति ब्यक्ति ५० अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा र त्यसपछि प्रति दिन प्रतिब्यक्ति ७ अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
४. कञ्चनजङ्घा र तल्लो डोल्पा क्षेत्रमा पदयात्रा गर्दा लाग्ने दस्तुर :- प्रति ब्यक्ति प्रति हप्ता १० अमेरिकी
डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
५. गौरीशंकर तथा लामाबगर क्षेत्रमा पदयात्रा गर्दा लाग्ने दस्तुर :- दोलखा जिल्लाको गौरीशंकर तथा लामाबगर क्षेत्रमा प्रति व्यक्ति प्रति हप्ता १० अमेरिकी डलर वा सो बराबरको नेपाली मुद्रा ।
६. छेकम्पार र चुन्चेत क्षेत्रमा पदयात्रा गर्दा लाग्ने दस्तुर :- गोरखा जिल्लाको छेकम्पार, चुन्चेत गा.वि.स. सिर्दिवास–लोक्पा–चुमलिङ–छेकम्पार–निले–छुले) क्षेत्रमा पदयात्रा अनुमति जारी गर्दा पहिलो आठ दिनका लागि सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रति व्यक्ति ३५ अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा तथा डिसेम्बरदेखि अगस्तसम्म प्रति व्यक्ति २५ अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
७. अन्य पदयात्रा क्षेत्रमा पदयात्रा गर्दा लाग्ने दस्तुर :- माथि उल्लिखित क्षेत्रहरु बाहेक अन्य पदयात्रा क्षेत्रको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिमको अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा ।
८. नेपाली मुद्रामा दस्तुर बुझाउन सक्ने ः क्रमसंख्या १, २, ३, ४, ५, ६ र ७ मा जुनसुकै कुरा लेखिएको भए तापनि भारतीय नागरिकले सोही क्रम संख्याहरुमा उल्लिखित अमेरिकी डलर बराबरको रकम नेपाली मुद्रामा बुझाउन सक्नेछ ।